सुदूरपश्चिममा ७० नवउद्यमी छनोट गरिँदै, ९० दिनसम्म विशेष प्रशिक्षण दिइने
धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ उद्यम स्थापना तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली बहुमुखी क्याम्पसमा तीनदिने ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ आयोजना भइरहेको छ। ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित सञ्चालन भइरहेको सम्मेलनमा युवालाई व्यवसाय स्थापना, सञ्चालन, लगानी व्यवस्थापन, बैंकबाट ऋण लिने प्रक्रिया...




